‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने

फिल्म ‘भाइरल गोर्खे’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तय गरिएको छ । निगम श्रेष्ठको निर्देशनमा तयार भएको यो फिल्मलाई आगामी बर्षको जेठ ३० गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ ।

सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य कलाकार सौगात मल्ललाई मात्र देखाइएको छ । उनलाई सामाजिक संजालमा लाइभ बसेको अवस्थामा प्रस्तुत गरेको छ । फिल्मले भाइरल हुने प्रवृत्ति बढ्दै जाँदा उत्पन्न हुने परिस्थितिको कथा भन्ने वुझिएको छ ।

अर्को एक पोस्टरमा भने सौगात र नायिका श्रृष्टी श्रेष्ठलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । फिल्म बजारमा यी दुईको इन्गेजमेन्ट हुन लागेको चर्चा समेत छ । नेपालमा सामाजिक संजालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने प्रवृत्ति बढेको र सोही कथालाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक निगम श्रेष्ठले जानकारी दिए ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको फिल्ममा वुद्दि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला लगायतको अभिनय छ ।

विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको फिल्ममा भुवन अधिकारी र निखिल पौडेल सह–निर्माताको रुपमा छन् । फिल्ममा अमर महर्जनको छायांकन छ । फिल्मको छायांकन लमजुङ, गोरखा, चितवनमा गरिएको हो ।