भ्यालेन्टाइन डेमा बुलबुल

सन् २०१९ मा भ्यालेन्टाइन डे को दिन हलमा प्रदर्शनमा आएको फिल्म ‘बुलबुल’ ओटीटीमा पनि भ्यालेन्टाइन डेकै दिन  मा रिलिज हुने भएको छ । पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको निर्माता अविरल थापाले बताए ।

फिल्ममा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् । विनोद पौडेलको निर्देशन रहेको फिल्म नेपालको तर्फबाट ९२ औँ अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो ।