‘मायाबी’ ट्रेलरः पल र दीपिकाको प्रेममा देखिएको उतारचढावको कथा

‘यो धर्को सिन्दुरले तिम्रो परिचय बदलिएला, तर मेरो मुटुमा लेखेको नाम कहिले बदलिने छैन’
माथि उल्लेखित संवाद फिल्म ‘मायाबी’को हो । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको आज ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा नायक पल शाह, नायिका दीपिका प्रसाईको साथमा कलाकारहरू सुशील सिटौला, करिश्मा श्रेष्ठ र नव–नायक समिम खानलाई मुख्य स्थान दिइएको छ । पल र दीपिकाको प्रेम, त्यसमा आउने उतारचढाव र वियोगको कथालाई प्रस्तुत गरिएको छ ।
फिल्मको ट्रेलरमा समावेश केही संवादहरूले दर्शकको मन छुने देखिन्छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।
फिल्ममा राजु पराजुली र सुमित वली सह–निर्माता, प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता छन् । यस्तै, क्रियटिभ सिने आर्टस् प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्ममा नेम महर्जनको पनि लगानी छ ।
फिल्ममा प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, राजाराम पौडेल, रवि डंगोल, रमा प्रसाँई, दीपेन्द्र सिंखडा, संगीता सिलवालको पनि अभिनय छ ।
फिल्ममा राजु विक्रम थापाको डीओपी, मिलन श्रेष्ठको सम्पादन, शम्भुजित बास्कोटा र एसडी योगीको संगीत छ ।
राज कुमार कार्की लाइन प्रोड्युसर रहेको फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी छ । फिल्मको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा यसका कलाकारहरूले फिल्म निर्माण गर्दाको दुख र रमाइलो पल शेयर गरेका थिए । निर्देशक दिवाकर भट्टराईले फिल्म निर्माणको समयमा पाएको दुख शेयर गर्दै गर्दा धेरैका आँखा रसाएका थिए ।
फिल्मले दर्शकलाई निराश नबनाउने र सबैको अगाडि छाती खोलेर प्रिमियर गर्ने निर्देशक दिवाकर भट्टराईले बताए । नायक पल शाहले आफ्नो माया गर्ने जो कोहीसँग पनि यो फिल्म हेर्न जान आग्रह गरे ।
फिल्म ‘मायाबी’ले लभ स्टोरी फिल्मको निर्माणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्रीलाई नीताको पत्र–‘विन्ती छ नेपालको इज्जत जोगाइदिनुहोस्’

दीपक लेख्छन्–‘गालीले मान्छे मर्ने भए उहिल्यै मेरो दाहासंस्कार भैसक्थ्यो’

‘फेरि रेशम फिलिली’को रमाइलो ट्रेलर

धुलिखेलमा आउटडोर स्टुडियो बन्ने

फिल्म ‘तीनतारा’को छायाङ्कन सम्पन्न

असार २७ बाट ‘यो मन त मेरो नेपाली हो’

कुमा सागरलाई गिज्याएको आरोपमा ४ कमेडियनविरुद्ध प्रहरीमा उजुरी

प्रतिक्रिया