विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेकी छु’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/eleena%2520chauhan%2520photo_LfXAtcPyCW_cthfhgcoe5m4dcvhae8bgyyvt04aeqz5owhgokkp8a6f8uioi3leyb0xjrlu_kKqxmrY5qW_fezsawzxhjuijgny22ixbb5l2vfwfsc1qn9ksfxxx1rvztqglgh0vx0wevtu.jpg)
गायिका एलिना चौहानले आफ्ना श्रीमान् विष्णु सापकोटालाई एक पत्र लेख्दै आफूले पाउने सम्पत्ति उनकै उन्नती र प्रगतिका लागि छाडेको उल्लेख गरेकी छिन् ।
सामाजिक संजालमार्फत उनले लेखेकी छिन्–‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर, फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।’
एलिनाले भावुक स्टाटसमा अगाडि लेख्छिन्–‘भावानात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन । जुन वाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ ।’
उनले आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्ने बाटो खुलेको पनि लेखेकी छिन् । एलिना लेख्छिन्–‘पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतीका लागि छोडेको छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु । माघ २९ ।’
![‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/11.55_ZJySPkaBud_klpdkolijb4kkuz7drihjxzraoajf736vnuzwyytwnlok9t50colbtwtlpep_J6hesNvtHp_vgixlachllyfzoyveeap7crozgeuhpcq2nfbnbclrhlge7jqlk3kbkfnav0d.jpg)
‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स
![बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali%2520movie_2VWltcIigt_iraq0v7xjecaz5blq9t6t8jpxbfaimnw5ygcnxdvfr91zjmfqc7fxz8magps_neJ6PZy8ZD_eeg30oifn71ss9cbbk6x2qszj1r5kkkinijwk2hv6ix7ic7ufcrxtyqnojfj.jpg)
बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम
![बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Chalachitra-Bikash-Board_kAxPA4PZU0_yTXyIfNB71_paycnuhf9a4hqltxbu7czcmqo1gakwaugfntykdtfnncsbjsjnqcfqfstgwj_lQ77TLtXzw_2cbz9bzhwm9zxjh4l1txdkwsmuto8mn5ivqss5luykar3hlxcqp7w3t1jgzo.jpg)
बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने
![फिल्म 'पिआर' को छायाङ्कन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/pr_australia_5wuXQDrZzK_8wqwsrxytxvzq94gp6hokc0ziwozqaetyjdesb0nk5uuqn66y6iyx4suld7s_EaWIhHzSAH_mynudnqjvhoxblsdihkfe2ze3vblnmmt7emzovtqxmafxtfvg9pwewxdxnvr.jpg)
फिल्म 'पिआर' को छायाङ्कन सुरु
![‘वसन्त’को ‘मिलनको कविता’](https://snowberry.prixacdn.net/media/gallery_folder/basant_aHbUw3HsR2_davezxtnl14bfa56azbpql8vmg7ecu6ruaimq2xhyqp6daidl2mhuyy4ox3o_NillMY3dYL_alxoshusmoslb7ymxzbaxlir5scv04w2yzqn1zsblqnvzzbytkywjz1jnw14.jpg)
‘वसन्त’को ‘मिलनको कविता’
![‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’](https://snowberry.prixacdn.net/media/gallery_folder/ma%2520ta%2520fan%2520vaya%2520har_7Rloc3cLBZ_hwd0iv630rnav6iiv863ucengyknjmrof0jw1d18wmnfpxdnlvrc7imcwrxi_7xprpY6wkW_vm2da7paczrufkdjorgwpxj00d4j3uzdftfehqvbanv1tkfrpanzlhcpqizc.jpg)
‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_5b7I7QkfYm_v6w5oogmpk7bd4crwsa0o4onbbzg3pdku87u1ehbswkveup7jy9vqgyiwfjo.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_4nwKUfyhNR_psrxoggn9cxyjldqsnu76kjuywzvt4yetwxbdrquwaqsij52n383tnovgxjw.jpg)
प्रतिक्रिया