फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘अन्जिला’को टिजर सार्वजनिक गरिएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको टिजरले एक युवतीको संघर्ष र सफलताको कथा भन्छ ।

नेपालको राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथामा यो फिल्म बनेको छ । फिल्मको टिजरमा पनि उनको दुख, संघर्ष र दौडको कथालाई प्रस्तुत गरिएको छ । 

यो फिल्ममा दयाहाङ राई, एन्जिला सुब्बा, श्रृजना सुब्बा, माओत्से गुरुङ, विजय बराल, वुद्दि तामाङ, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । 

प्रेम कुमार श्रेष्ठको लगानीमा तयार भएको यो फिल्ममा सुदिप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन छ । 

फिल्मको कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । फिल्ममा राजन राज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । 

सार्वजनिक टिजरमा एन्जिला नै शीर्ष भूमिकामा छिन् । फुटबल खेल्ने सपना बोकेर हिकेकी एक यूवति र उनको जीवनमा आइपर्ने वाधालाई पनि टिजरमा स्थान दिइएको छ ।