यश कुमारको ‘मैले तिम्रो मायामा’

गायक यश कुमारले सांगीतिक फिल्म ‘मैले तिम्रो मायामा’ सार्वजनिक गरेका छन् । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा २० मिनेट लामो सांगीतिक फिल्मको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार राज मुकारुङले यश कुमार विना संगीत क्षेत्र नै अधुरो रहेको जिकिर गरे ।

यो गीतमा यश कुमार र स्मिता प्रधानको स्वर छ । भिडियोमा पनि यी दुईले नै अभिनय गरेका छन् । सार्वजनिक गीतको शब्द रचना, संगीत र भिडियोको निर्देशन पनि यश कुमारले नै गरेका हुन् । भिडियोमा रमिला मोक्तान, रेशम वुढाथोकी, कल्याण ढुंगानाको अभिनय छ ।

दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा विकास धमलाको सम्पादन छ ।