सौगात सृष्टि इन्गेजमेन्ट !

"ब्रेकअप भयो भन्दैमा माया सकिने भन्ने कहाँ हुन्छ ? माया त भइहाल्छ नि" प्रेम सम्बन्ध अन्त्यको लामो समय पछि अभिनेता सौगात मल्लले केही आक्रोशित भावमा सृष्टि श्रेष्ठबारेको प्रश्नको जवाफमा बोलेका शब्द हुन यी ।

प्रेमिल जोडी सृष्टि र सौगात लामो समय प्रेममा थिए । यी दुईको प्रेम लुकेको थिएन । त्यसै गरी यी दुईको सम्बन्ध अन्त्यको खबर पनि लुकेको छैन । तर अब भने यी दुईले इन्गेजमेन्ट गर्न लागेको खबर बाहिर आएको छ । 

सम्बन्ध पुनर्स्थापित गरी वरी यी दुई इन्गेजमेन्टको तयारी मा लागेका छन् । खबर अनुसार यी दुई चैतको तीन गते इन्गेजमेन्ट गर्दै छन् । यसैको लागि सौगात मल्लले फिल्म कल्लीको काम फागुनको अन्तिम साता अघि नै सक्ने तयारी थालेका छन् । विवाहबारे जानकारी प्राप्त नभए पनि चैतमा इन्गेजमेन्ट गर्ने खबर भने सार्वजनिक भैसकेको छ । यो खबरले सौगात र सृष्टिका फ्यानलाई भने खुसी दिएको छ ।