‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक
बालेनको आवाजमा फिल्म ‘लाज शरणम’को ओएसटी ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारको लागि यो गीत प्रयोग हुने जनाइएको छ । बालेनको युट्युब च्यानलबाट सार्वजनिक गीतमा उनको आफ्नै स्वर, सङ्गीत र शब्द छ । वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई भिडियोमा चित्रण गरिएको छ ।
गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, बबिन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ ।
गीतले फिल्म ‘लाज शरणम’को हाइप बढाउने विश्वास निर्माताको छ । फागुन १४ गते शिवरात्रिको दिनमा रिलिज हुने फिल्मलाई टिभी सिरिज ‘सक्किगो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।
कुमार कट्टेल निर्देशित फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ । निर्मातामा नवीन श्रेष्ठ, राम नरेश शाह र सृजना खड्का सह निर्माताको रूपमा छन् ।
प्रतिक्रिया