रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने, आर्यन पनि जोडिदै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rekha%2520and%2520pooja%2520a_x5EWA320pK_2vuhs6sya5zhbdq8f0478xonuulyff7sfxnj95vxvxwrxzedebyudw5nqfqz_5vJZLVBsyp_ktklf9jtyg5nxwswiej6ul2p8egpkfq3igqflvnkoc9xetlsniq3c6urmttc.jpg)
फिल्म ‘उपहार’पछि नायिका रेखा थापा र पूजा शर्माले फेरि एकसाथ पर्दा शेयर गर्ने भएका छन् । यी दुईले यसपटक भने एक्सन जनराको फिल्ममा काम गर्न लागेका हुन् । फिल्मको नाम ‘काली २’ राख्ने बताइएको थियो । तर, सविर श्रेष्ठले निर्देशन गर्ने यो फिल्मको नाम परिवर्तन हुन सक्ने बताइएको छ । नामको बिषयमा अहिलेसम्म निर्माणपक्षले केही पनि बताएको छैन ।
यो फिल्मको हाल धमाधम स्क्रिप्टमा काम भइरहेको छ । फिल्मको स्क्रिप्टलाई बलियो बनाउनका लागि निर्माणपक्षले कुनै पनि कसर नराख्ने बताएको छ । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखिरहेका छन् ।
नायिका रेखा थापासँग निर्देशक सविर श्रेष्ठले केही हिट फिल्ममा काम गरिसकेका छन् । उनीहरुले ‘कसले चोर्यो मेरो मन, काली, तथास्तु, हमेसा, राम प्यारी’ लगायतका फिल्ममा एकसाथ काम गरेका थिए । यसैले, पनि रेखाको प्रिय निर्देशकमा सविर श्रेष्ठ पर्छन् ।
वुझिएअनुसार, यो फिल्ममा नायक आर्यन सिग्देल पनि जोडिने संभावना उच्च छ । निर्माणपक्ष र आर्यनबिच कागजी संझौता हुन मात्र बाँकी छ । यस्तै, फिल्ममा अर्का एक जना नायक पनि हुनेछन् । निर्माणपक्षले अर्का एक नायक को राख्ने फाइनल गरिसकेको छैन ।
![बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Chalachitra-Bikash-Board_kAxPA4PZU0_yTXyIfNB71_paycnuhf9a4hqltxbu7czcmqo1gakwaugfntykdtfnncsbjsjnqcfqfstgwj_pSyxXB3jHV_pnwzrxpe6ostone8pajnmyskfec6suzrofwxbpsobbbl1arqjmf4ppsskqmj.jpg)
बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने
![फिल्म 'पिआर' को छायाङ्कन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/pr_australia_5wuXQDrZzK_8wqwsrxytxvzq94gp6hokc0ziwozqaetyjdesb0nk5uuqn66y6iyx4suld7s_SQvybM0elV_khnhbci0kzl4lg90bm2xhzdeeuccmfe7cqdqcbplcolp0rz1kslna7msvkll.jpg)
फिल्म 'पिआर' को छायाङ्कन सुरु
![‘वसन्त’को ‘मिलनको कविता’](https://snowberry.prixacdn.net/media/gallery_folder/basant_aHbUw3HsR2_davezxtnl14bfa56azbpql8vmg7ecu6ruaimq2xhyqp6daidl2mhuyy4ox3o_maJV1iNufg_n5kq9vvjvqlonvo5bgxzs68fjjoza9qbqnff8nxrgxwri0abhyizeprbiwpq.jpg)
‘वसन्त’को ‘मिलनको कविता’
![‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’](https://snowberry.prixacdn.net/media/gallery_folder/ma%2520ta%2520fan%2520vaya%2520har_7Rloc3cLBZ_hwd0iv630rnav6iiv863ucengyknjmrof0jw1d18wmnfpxdnlvrc7imcwrxi_oTHT2WfWKi_jbnzch6bhxuf3ktzcmp4wnfhm3mpjpbnoslkr438lkylc2lanfx0oe2rvd5a.jpg)
‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’
![विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेकी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/eleena%2520chauhan%2520photo_LfXAtcPyCW_cthfhgcoe5m4dcvhae8bgyyvt04aeqz5owhgokkp8a6f8uioi3leyb0xjrlu_g6aE0xghq4_k9qek71gw6pz4s6jldlvliergvdlqobg4jsoyqglksnhwyukwjhbowcjwxuw.jpg)
विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_hg6V3DudVD_xzfyqmb4clk2fv4z3wxf7wehg1rya7hqlstowsixypkjlcfzmmacws1ypzow.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_X7lOSq5pTH_yy8vpkcqef4dgjfvcuim4kipr1idpgolzkrlppwcs6tkxsc2cxhqlljfbqcq.jpg)
एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra%2520and%2520arjun_7lfNjkQQ3e_4og7xdihol3mwz09efkm7yg9j3qkwf6hc6vregnoxy3fcbtww4znxd7qcvsd_7dOvuJs7Gj_9ubdcp549ygq2jqi6a9rbjum7yxy9pv01nvhmhwxrknydgmd9fcp8ey4wndj.jpg)
प्रतिक्रिया