शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्म निर्देशनमा डेब्यू गर्ने भएकी छिन् । उनले, नायक खगेन्द्र लामिछाने र नायिका आँचल शर्मालाई लिएर यो फिल्मको निर्देशन गर्न लागेकी हुन् ।
ई प्राइम म्युजिकको व्यानरमा बन्न लागेको यो फिल्ममा प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्दैछन् ।
हिक्मत चोखल यो फिल्मका कार्यकारी निर्माता हुन् । फिल्मका अन्य कलाकारहरूको बारेमा केही समयपछि जानकारी दिने निर्माणपक्षको भनाई छ । आलोक शुक्लाको छायांकन रहने यो फिल्मका प्रोडक्सन म्यानेजर ईश्वर घिमिरे हुन् ।
निर्देशक पौडेलले न्युयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन गरेकी छिन् । आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।
यसका अलवा उनले छोटा फिल्म पनि बनाएकी छिन् ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया