‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sovit%2520basnet_OkafVgDyel_pk5xaeznlz55wbpo8pqaiqxnep4ylaerx0vjstkef3wtakuxbequbfc3qaqv_LqbeDFAU0K_amb3sncnfzf40uyevjn2d66psjs2mfn37jrmzamptkt4ka6z7tjafjpk7uta.jpg)
अष्ट्रेलियामा रहेका निर्देशक शोभित बस्नेत कमेडी रियालिटी शो ‘कमेडी दरबार’माथि बारम्बार आक्रोश पोखिरहेका छन् ।
विशेषगरि, फिल्म ‘रंगी’को प्रमोसनका लागि यो शोजले समय नदिएको भन्दै उनको आक्रोश पोखिएको हो ।
केही दिन अगाडि शोभितले जयकिशन बस्नेतलाई पनि अतिथि बनाउनुपर्ने नत्र रंगीको प्रमोशन नगर्ने भन्दै कमेडी दरबारबाट कुरा आएको भन्दै आक्रोश पोखेका थिए । तर, पछि शोभित र यो शोका निर्देशक विक्की अग्रवालबीच कुराकानी भएपछि उनले स्टाटस हटाएका थिए ।
तर, शोभितको आक्रोश अझै यो शोलाई लिएर रोकिएको छैन । उनले लेखेका छन्–‘आज रंगीले सम्पूर्ण दर्शक तथा मिडियाकर्मीको साथ पाएको छ, कमेडी दरबार बाहेक । जे होस् त्यो टिमले नम्रता श्रेष्ठलाई अति माया गर्दोरहेछ । मात्र उडाएर आफ्नो घरको चुल्हो बाल्नको लागि ।’
यो शोको होस्टमा नम्रता श्रेष्ठ छिन् जो ‘रंगी’की मुख्य नायिका हुन् । तर, होस्ट नै नायिका बनेको फिल्मलाई समेत यो शोमा स्थान नदिइएको भन्दै शोभितको आक्रोश पोखिएको हो ।
फागुन २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई सलोन बस्नेतले निर्माण गरेका हुन् । सुरेश न्यौपाने फिल्मका निर्देशक हुन् ।
![सौगात सृष्टि इन्गेजमेन्ट !](https://snowberry.prixacdn.net/media/gallery_folder/Saugat-Shristi_SsoGDufkdm_Iey4ki9IzQ_5coqifrfjwqizfbh7pprd2vfnb6v3kgofmocnh35koo0uyquuj9tsdp8t5dv_JMjuQSZxrV_zfzx6xhakiylldjkqaacbikoh3pjrphrgnrgv127pnjwmoycp2i05pzknjq9.jpg)
सौगात सृष्टि इन्गेजमेन्ट !
![सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/sulaxyanbhraati_18yoXV4ofv_nc7r7h2jcjttedubkpgkitfaeojjanytkji6vil7q7l3gjgdvqawbqayxeq8_7yq3abpOvG_vcssv741x0ecetdxmvdzh44l3spd7tthaarsulifdg6hijrrn9pnz9sxlevi.jpg)
सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?
![प्रेममा कुसुम !](https://snowberry.prixacdn.net/media/gallery_folder/kusum_sharma_GAFERi9Xx7_bbfmmrhlkotfhhe7mqrrwuskrkno37zroy6nlxlgzqkc3n6abcfnkda3giaa_MdilIrZnWa_w3qwrlzoxobcoa04cgo8ejewsqctynwhnkhmecerh8zeqq86okmwgcwmqnj4.jpg)
प्रेममा कुसुम !
![प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_29Ke9ZSfjM_wjv6wed7mfzz0odxuwukyytjfoz6nmchozn0tkpsxshystiflyqpaopfwwkd_eGv0fa9qgq_scrknkuzcaytjqnlzjeysodk8j7jo1abutsq4sjadyzyqnbxkyidynvp31wa.jpg)
प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?
![के राजनराजसँग गीतको स्टक सकिएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rajanraj%2520siwakoti_0gkOju2H8A_qdw55usll7yvgpnbja9h452tdi5u2ozt0nl6qtal8ws8hlnw5pc5pwhqpnus_INhHy7wQ6c_q4sk6j9nnrdhft3hdtwlys3doll6lqkszpjgs2jlxfankifrws1z4vrcydss.jpg)
के राजनराजसँग गीतको स्टक सकिएको हो ?
![बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !](https://snowberry.prixacdn.net/media/gallery_folder/arunima%2520and%2520yuvraj_5wZpogl2Yf_79e87yjqhw1vhzo2aa53d2cwybfz201vtgdegvg8skpa54tgrmi7fdn35mgl_Aved2Y5gIK_unphoyo5moobv4kgvxzz1ifklbitsfdnxkl5rj1kahsziijvpgvoy5zjah0b.jpg)
बिहे भएको ६ महिनामै अरुणिमाको डिभोर्स !
![दिव्यालाई डेब्यूमै सकस](https://snowberry.prixacdn.net/media/gallery_folder/dibya%2520rayamajhi_gamCNUZ8EI_rmhldoktmvwwmsolcdlliisdk4mtxhs4x8bbhsyx44pv434ubfklblfohvxr_ETGDPY19Ac_kxghbqoa1y3flbxq3n1yvfped85gbxxtkbs0jghi4yrrnllgenmpwchigtyr.jpg)
दिव्यालाई डेब्यूमै सकस
![महोत्सवमा दुर्गेशसँगै नाचे दीपक र दीपा](https://snowberry.prixacdn.net/media/gallery_folder/durgesh%2520and%2520deepa_FajNc8DgNm_pus5gfu3pnkzfaqkolxpmtsdqu0le8l4brt7yayvh9mphpjugz5dul0c9oqg_8Ixm3Bocu4_zsebi6laowltxlyaultgqhlugz8ng3pn7zxczgxvgnqu3mx6it4h5sbo0p31.jpg)
प्रतिक्रिया