रचनाको 'मायाले रुवायो' सार्वजनिक

गायिका रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । मातृका भण्डारी ‘मुना’ को शब्द, चिरञ्जीवी भण्डारीको सङ्गीत रहेको गीतमा आशिष लामाको सङ्गीत संयोजन छ । 

गीतमा गायिका रिमाल र गीतकार भण्डारीको अभिनय छ । मरुभूमि नारायणले छायाङ्कन गरेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा निरेन श्रेष्ठको निर्देशन छ ।