मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

फागुनको १४ गते महाशिवरात्रिको अवसर पारेर फिल्म ‘मायाबी’ रिलिजमा आउँदैछ । यो फिल्मको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा फिल्मप्रति उत्साह बढेको छ ।
यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । लभ स्टोरी फिल्म बनाउने कुरामा दिवाकर सधैं नै अगाडि छन् । तर, यसपटक लभ स्टोरी कथा भएपनि आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुशी देखिए ।
के हो त ‘मायाबी’, दिवाकर भन्छन्–‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो । आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतीक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमीका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । मायाबीले यही कथा भन्छ ।’
दिवाकर अगाडि थप्छन्–‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायाबी । प्रेमको त्यही त्यागको कथामा हामीले फिल्म बनाएका छौं ।’
दिवाकर पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो फिल्म बनाएको बताउँछन् । दिवाकरले अगाडि भने–‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायाबी हो ।’
यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो फिल्ममा हेर्न पाउने उनको तर्क छ । उनले भने–‘खुशी र सुख भन्ने फरक कुरा हो । कहिलेकाही हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य एउटा मानिस कुन परिवेशमा खुशी हुन सक्छन् र सुख अनुभुती गर्छ भन्ने कथामा यो फिल्म बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरा पनि खुशी हुनसक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्ला । हामीले यस्तै यस्तै कथा फिल्ममा भनेका छौं ।’
दिवाकर यो फिल्मबाट आफूलाई असन्तुष्टि मिलेको बताउँछन् । उनले भने–‘यो मैले मेरो मनबाट बनाएको फिल्म हो । म रोम कोम फिल्मको निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो मायाबी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म मायाबीबाट आफ्नो करिअर सुरु भएको मान्छु । यो दिवाकर भट्टराईले भन्न चाहेको कथा हो । मैले यसअघि बनाएका फिल्ममा मेरो कथा थिएनँ । मैले ती फिल्ममा एउटा निर्देशकको रुपमा काम गरे होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।’
दिवाकर आफूले फिल्मको कथा लेख्दा कोही नायक वा नायिका दिमागमा नभएको बताउँछन् । आफ्नो दिमागमा ‘जोय’ भन्ने पात्र रहेको र उसैको सेरोफेरोमा रहेर यो फिल्मको कथा लेखेको भट्टराइको भनाई छ ।
दिवाकर भोलिका दिनमा दर्शकले यो फिल्मलाई जस्तो रुपमा लिए पनि आफू भने निकै सन्तुष्ट रहेको तर्क गर्छन् । व्यापार जस्तो भएपनि आफू खुशी हुने उनको भनाई छ ।
पोखराको सेरोफेरोमा रहेको एक सामान्य परिवारको खुशीको कथा आफूले ‘मायाबी’बाट भनेको दिवाकरले जानकारी दिएका छन् ।
पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरूले यो फिल्ममा अभिनय गरेका छन् । फिल्म हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराइको छ ।

सजनले दिए साइबर ब्युरोमा उजुरी

‘फेरि रेशम फिलिली’लाई लिएर सुपुष्पामा डर र उत्साह

तुलसी घिमिरेले फेरि सुरु गरे ‘पहाड’को छायांकन

‘कल्ली’को छायांकन सुरु, उत्तम भन्छन्–‘कथा यूनिक लागेर कमब्याक गरेँ’

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया