फिल्म 'हल्कारा' ओटिटीमा रिलिज
९६ औँ अस्कर अवार्डमा नेपालबाट सिफारिस भएको फिल्म ‘हल्कारा’ ओटीटीमा रिलिज भएको छ । नेपाली ओटीटी प्लेटफर्म एमएसएममा फिल्म स्ट्रिमिङ भएको हो ।
गत वर्ष रिलिज भएको फिल्मले उत्कृष्ट समीक्षा प्राप्त गरेको थियो । फिल्म अमेरिकाको लस एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा समेत छनोट भएको थियो । ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट फिल्मसँगै महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राज भण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेका थिए ।
महेश त्रिपाठी र बिनिता थापाको शीर्ष भूमिका रहेको फिल्मलाई विक्रम सापकोटाले निर्देशन गरेका हुन् । फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय छ । यो फिल्म कालिपार स्टुडियोको निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो ।
प्रतिक्रिया