विजय भन्छन्–‘म कन्ट्रोलमा आइसकेको छु’
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले ऐतिहासिक रेकर्ड राख्दै गर्दा मुख्य कलाकार विजय बराल खुशी छन् । आजबाट ८९ औं दिनमा प्रवेश गरेको फिल्मले सय दिन पनि पार गर्ने पक्का देखिएको छ ।
अर्कोतिर, यो फिल्मबाट विजयले १ करोड भन्दा बढी नाफाको प्रतिशत बुझेको भन्ने चर्चा पनि छ ।
आइतबार आयोजना गरिएको कार्यक्रममा विजयलाई निर्माणपक्षले चेक त हस्तान्तरण गर्यो, तर कतिको चेक थियो भन्ने बिषयमा विजय बोल्न मानेनन् ।
उनले भने–‘निकै खुशी लागिरहेको छ । फिल्म चलेको १५ दिनसम्म त निकै नै खुशी थिएँ । अहिले सहजताको खुशीमा रमाइरहेको छु । यो आनन्दको खुशी हो । म अहिले सामान्य अवस्थामा आइसकेको छु । पावर र पदले कही न कही पुर्याउँछ भन्ने मलाई थाहा छ । यसैले, म सामान्य छु ।’
विजयले फिल्मबाट १ करोड नै नआएपनि आफूलाई राम्रो पैसा आउने जानकारी दिए । एकपछि अर्को फिल्मको स्क्रिप्ट बोकिरहेका बराल अहिलेको अवस्थामा मण्डला थिएटर, फिल्म र परिवारका सदस्यसँग नै व्यस्त भएको तर्क गर्छन् । उनले भने–‘अहिले क्यारेक्टर भएको फिल्म मलाई अफर गर्न थाल्नुभएको छ । सायद, मैले खोजेको कुरा पनि यही नै थियो होला । मैले यही कुरा पाइरहेको छु । निकै खुशी छु ।’
प्रतिक्रिया