नेपाल आए राजवल्लभ
अभिनेता राजवल्लभ कोइराला अमेरिकादेखि नेपाल आइपुगेका छन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’ प्रचारका लागि शनिवार अपराह्न उनी काठमाडौँ विमानस्थलमा अवतरण गरे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई को-एक्टर प्रदीप खड्कासहित फिल्म निर्देशक र निर्माताले स्वागत गरे । करिब १० दिनको काठमाडौँ बसाइमा कोइरालाले फिल्म प्रिमियर, प्रचार र आफूद्वारा लिखित कविता सङ्ग्रह ‘औरा’को विमोचन समारोहमा भाग लिनेछन् । फिल्मले सोमबार बेलुका क्यूएफएक्सको राधे राधे हलमा प्रिमियर गर्दै छ ।
लामो समयपछि अभिनयमा पुनरागमन गरेका कोइरालाको यस फिल्ममा शीर्षमध्येको भूमिका छ । ‘पर्खि बसेँ’बाट फिल्ममा डेब्यु गरेका कोइरालाको पछिल्लो रिलिज फिल्म ‘हे युवा’ थियो ।
प्रतिक्रिया