‘जनै हराएको बाहुन’मा विजय बरालको प्रवेश
फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राखेपछि कलाकार विजय बरालको माग फिल्म क्षेत्रमा उच्च छ । उनै, विजय अब नयाँ फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्धित भएका छन् ।
यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । फिल्ममा कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको छ । फिल्मको कथा निकै मन परेपछि आफू जोडिएको विजयले बताएका छन् ।
यो फिल्मले गाउँबाट शहर आएका एक सरल व्यक्तिले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । दर्शकलाई यो फिल्मले एक अनौठो र रोमाञ्चक यात्रामा लैजाने बताइएको छ । कमल न्यौपाने, आर के मानन्धर, सीआर बस्नेत, विमल न्यौपाने र निशान्त श्रेष्ठले यो फिल्ममा लगानी गर्दैछन् ।
फिल्ममा नवीन गुरुङको छायांकन रहनेछ । फिल्मको एसोसियट निर्देशक मनिष रावत हुन् । फिल्मका लागि अन्य कलाकार र प्राविधिक टुंगो नलागिसकेको निर्माणपक्षले बताइएको छ । फिल्मलाई आउँदो बर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
प्रतिक्रिया