मैले अनुशासन व्यवस्थापन गर्न सकेका कारण मेकरले लिइरहनुभएको छः केकी अधिकारी
नायिका केकी अधिकारीले नयाँ फिल्म ‘परान’ साइन गरिन् । फागुनबाट छायांकनमा जान लागेको यो फिल्मलाई शेखर गोल्छा र उनको टिमले निर्माण गर्दैछ । एउटा नाम चलेको व्यवसायीक घरानाले फिल्म बनाउँदा केकी रोजाइमा परेकी छिन् ।
केकी अधिकारी सबैको नम्बर १ रोजाइमा परेकी हुन्, मिडियाकर्मीको यो प्रश्नमा उनले भनिन्–‘म पर्फेक्ट व्यक्तिहरूको सूचीमा म पर्छु जस्तो लाग्छ । म जहिले पनि काम गर्दा मेरो व्यावसायिकतालाई मैले व्यवस्थापन गरिरहेको हुन्छु । एउटा क्यामेरा अगाडि र अर्को क्यामेरा पछाडि हुन्छ । मैले त्यो अनुशासनलाई राम्रोसँग निर्वाह गर्न सकेको कारण पनि मेकरले मलाई फिल्ममा लिइरहनुभएको छ जस्तो लाग्छ ।’
नायिका अधिकारीले आमा बन्ने योजनालाई अहिले थाती राखेको बताइन् । भनिन्–‘त्यो पनि मेरो योजनामा छ । तर, त्यो अगाडि केही महत्वपूर्ण कामहरू छन् । केही सपनाहरु छन् । ती सपनाहरु पुरा गर्नुछ । यसैले, मैले अहिले बच्चाको योजनालाई थाती राखेको छु ।’
केकी अधिकारीले निर्मात्रीको रुपमा तयार पारेको फिल्म ‘बोक्सीको घर’ले यो बर्ष बक्स अफिसमा तहल्का नै मच्चायो । यसकारण, उनले अरु फिल्म बनाउने योजना बनाएको चर्चा पनि सुनिएको छ ।
प्रतिक्रिया