बङ्गलादेशमा कङ्गनाको आगामी फिल्म प्रतिबन्ध

बलिउड अभिनेत्री कङ्गना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’को विवाद टुङ्गिएको छैन । धेरै विवादपछि फिल्मले भारतीय सेन्सर बोर्डबाट सर्टिफिकेट पाएपछि फिल्म शुक्रवारदेखि प्रदर्शनमा आउँदै छ ।
रिलिजको दुई दिनअघि बङ्गलादेशले फिल्मलाई प्रतिबन्ध लगाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारत र बङ्गलादेशबिच जारी तनावपूर्ण अवस्थाका कारण यो निर्णय लिइएको हो । बङ्गलादेशको पुरानो सत्ता हेटपछिको परिस्थितिमा अहिले दुई छिमेकी मुलुक बङ्गलादेश र भारतबिच सम्बन्ध तनावपूर्ण छ । यो प्रतिबन्ध फिल्मको कथावस्तु कम र दुई देशबिचको राजनीतिक सम्बन्धको कारणले बढी हो ।
फिल्ममा स्वतन्त्रता सेनानी र बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको हत्यालाई चित्रण गरिएको छ, जसलाई बङ्गलादेशका पिता भनिन्छ । सोही कारण फिल्म प्रतिबन्ध गरिएको चर्चा छ । बङ्गलादेश र पाकिस्तानको विभाजनमा उनको महत्त्वपूर्ण भूमिका थियो । फिल्ममा उनको हत्या बङ्गलादेशी चरमपन्थीहरुको समूहले गरेको देखाइएको छ, जसका कारण बङ्गलादेशमा यसको रिलिज प्रभावित भएको हो ।
फिल्ममा कङ्गना रनौतले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया