घर भित्रै सैफमाथि कसरी भयो हमला ?

बलिउड नायक सैफअली खानमाथि उनकै घर भित्र भएको हमलाले सिंगो बलिउड नै आश्चर्यमा परेको छ । सैफअली खानको अहिले लिलावती अस्पतालमा उपचार भइरहेको छ । उनलाई भेट्नका लागि थुप्रै बलिउडकर्मीहरु लिलावती अस्पताल पुगेका छन् ।
सैफअली खानमाथि चक्कुले ६ पटक प्रहार गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सैफमाथि प्रहार गर्ने व्यक्ति उनका कान्छा छोरा सुत्ने कोठामा लुकेका थिए । जब, कान्छा छोरालाई रेखदेख गर्ने महिला चिच्याइन्, त्यसपछि सैफ उक्त कोठामा आएका थिए ।
सैफलाई देखेपछि अज्ञात व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए । सैफको शरीरबाट २ इन्च लामो चक्कुको टुक्रा निकालिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सैफका छोरा इब्राहिमले उनलाई अटोमा राखेर अस्पताल पुर्याएका थिए ।
बिहिबार बिहान २ः३० बजे सैफमाथि हमला भएको थियो । सैफको घाटी, ढाँड, हात र शरीरमा चोट लागेको छ । सैफको हात र गर्धनमा गहिरो चोट लागेको थियो । जसको प्लाष्टिक सर्जरी गरिएको छ । उनी खतरामुक्त रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
प्रहरीका अनुसार, अज्ञात व्यक्तिले सैफका दुई बच्चाको रेखदेख गर्दै आएकी महिलासँग १ करोड मागेका थिए । अज्ञात व्यक्तिले सैफको घरमा काम गर्ने महिलामाथि पनि चक्कु प्रहार गरेका थिए र उनलाई चुप लाग्न चेतावनी दिएका थिए । महिला कराएको आवाज आएपछि कोठामा पुगेका सैफमाथि अज्ञात व्यक्तिले चक्कु प्रहार गरेका थिए ।
बान्द्रा प्रहरीले अज्ञात व्यक्तिलाई पक्राउ गर्नका लागि १० वटा टिम बनाएको छ । घटना भएपछि नायिका करिना कपुरले मानिसहरूलाई अड्कल लगाउन बन्द गर्न आग्रह गरेकी छिन् ।
आफ्नो परिवारका लागि यो निकै चुनौतीपूर्ण समय भएको भन्दै उनले यो घटनालाई वुझ्ने कोशिश गर्न सबैसँग आग्रह गरेकी छिन् । उनले, आफूहरुको सिमालाई सम्मान गर्न पनि आग्रह गरेकी छिन् ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया