विकास बोर्डका कर्मचारीले दुःख दिएको भन्दै निर्माता आक्रोशित

चलचित्र विकास बोर्डका कर्मचारीले दुःख दिएको भन्दै निर्माता रोहित अधिकारी आक्रोशित बनेका छन् । उनले, सामाजिक संजालमा स्टाटस लेख्दै बोर्डका कर्मचारीहरूले निर्माताको काम ढिला सुस्ती गरेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–‘चलचित्र विकास बोर्डका कर्मचारी हिजोदेखि सबै काम छाडेर गायब । स सानो काम गर्न पनि यो भएन उ भएन, सर हुनुहुन्न । यहाँका कर्मचारीहरूको के पारा हो ? सबै जना करारमा रहेछन्, सबैलाई हटाउनुपर्छ तुरुन्त । खासमा यो विकास बोर्डको काम त छैन । विकास बोर्ड खारेज गरिनुपर्छ ।’
निर्माता अधिकारीले आफू दुई दिनदेखि निर्माण तथा वितरण शाखामा काम भएर आएको तर काम गर्ने कर्मचारी नै गायब भएको मेरो फिल्मलाई बताए । उनले भने–‘यो शाखामा काम गर्ने रञ्जन अधिकारी गायब छन् । कर्मचारीहरू सर हुनुहुन्न भन्छन् । तर, आधा घण्टामा हुने काम दुई दिनसम्म पनि हुँदैन । अरु, निर्माताहरूले पनि विकास बोर्डमा दुःख पाउने गरेको गुनासो गरेको सुनिन्छ । यो विकास बोर्डको काम छैन ।’
चलचित्र विकास बोर्डमा अध्यक्ष दिनेश डीसी गएपछि सुशासनको प्रत्याभूति हुने अपेक्षा गरिएको थियो । तर, कर्मचारीहरूले नै काम नगरेको भन्दै निर्माताहरू गुनासो गर्न थालेका छन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया