आनालाई छैन ‘जेरी’मा रुचि

नायिका आना शर्मा हाल फिल्म ‘एक्टर’को प्रचारमा छिन् । यो फिल्मको प्रचारका क्रममा यसको टिमले विभिन्न सामाग्रीहरु सार्वजनिक गरिरहेको छ । यसैबिच, निर्माणपक्षले सार्वजनिक गरेको एक भिडियो भने अहिले दर्शकको नजरमा परेको छ ।
भिडियोमा नायक प्रदीप खड्का जेरी बोकेर आनाको छेउमा पुग्छन् । तर, आनाले जेरी खान अस्विकार गर्छिन् । जेरीमा चिनी धेरै हुने भएकाले आनाले नाक खुम्चाउँछिन् र खाना मान्दिनन् । प्रदीप नायिका भएपछि यस्तै हो भन्दै आफै जेरी खान्छन् । झट्ट हेर्दा यो भिडियोले फिल्म ‘एक्टर’को प्रचार गर्न खोजे जस्तै देखिन्छ ।
तर, फिल्म ‘जेरी अन टप’को टिमले फिल्मबाट निकालेपछि आना असन्तुष्ट छिन् । उनले, बारम्बार यो फिल्मको नाम पनि लिन नचाहेको प्रष्ट छ । यसैले, पनि आनालाई अहिले जेरीदेखि नै एलर्जी छ ।
‘एक्टर’को टिमले घुमाउरो शैलीमा ‘जेरी अन टप’लाई पनि फिल्मको प्रचारमा तान्न खोजेको देखिन्छ । यो प्रचार शैलीले फिल्मको टिमलाई कति फाइदा हुन्छ, त्यो हेर्न बाँकी छ । तर, आनालाई जेरी कहिलेसम्म एलर्जी हुने हो त्यो भने हेर्न बाँकी छ ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया