‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’मा नाचे दया र मिरुना

फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । सार्वजनिक यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । गीतमा गायिका मेलिना राइको पनि स्वर सुन्न सकिन्छ ।
यो गीतमा मौलिक नेपाली शब्दहरु प्रयोग गरिएको छ । यसअघि राजनराजले नै तयार पारेको ‘चेप्टे चेप्टे’ बोलको गीतको लयसँग यो गीतको लय हुबहु मिल्छ ।
कविराज गहतराजले यो गीतको भिडियोलाई कोरियोग्राफी गरेका हुन् । राम कुमार केसीको छायांकन रहेको गीतको भिडियोमा नायक दयाहाङ राई र नायिका मिरुना मगरको नृत्य हेर्न सकिन्छ ।
फिल्मका निर्देशक मिलन चाम्सले यो गीतलाई फिल्मको प्रचारका लागि तयार पारिएको बताए । यो फिल्मले नेपाली महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक एञ्जिला तुम्बापोको जीवनी भन्छ ।
फिल्मले उनको बाल्यकालदेखि हालसम्मको कथा भन्ने निर्देशक चाम्सको भनाई छ । फिल्ममा एञ्जिलाको साथमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, वुद्दि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्ममा प्रेम कुमार श्रेष्ठको लगानी छ । विनोद अग्रवाल र राजेश बगडिया फिल्मका सह–निर्माता हुन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया