‘कार्साङ’को ग्रस १ करोड ४५ लाख पुगेको वितरकको दाबी

फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा १ करोड माथिको ग्रस कलेक्शन गरेको निर्माणपक्षले दाबी गरेको छ । फिल्म रिलिजको ६ दिनमा यसले बक्स अफिसमा १ करोड ४५ लाखको ग्रस कलेक्शन गरेको दाबी निर्माणपक्षको हो ।
सुरुवातका दिनमा केही कम दर्शक भएपनि विस्तारै दर्शक बढ्दै गएको वितरण कम्पनी आरआर फिल्मस्ले उल्लेख गरेको छ । माघ १ गतेबाट दर्शकको चाप हलमा बढेको पनि वितरकको भनाई छ । बुधबार पनि फिल्मले राम्रो कलेक्शन गरेको दाबी वितरण संस्थाको छ ।
यम शेर्पाको निर्देशनमा तयार भएको यो फिल्मले ओपनिङ भने फितलो गरेको थियो । फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, श्रृष्टी गौतम लगायतका कलाकारहरूको अभिनय छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ । गोविन्द बोहरा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता आङ छिरिङ शेर्पा हुन् ।
फिल्मले बक्स अफिसमा लगानी मात्र सुरक्षित गर्न अझै केही साता उत्कृष्ट व्यापार गर्नुपर्ने हुन्छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया