हरिवंशको काभ्रे फर्किने रहर

काभ्रेमा गर्भमा बसेर काठमाडौँमा जन्मिएको भन्ने कलाकार हरिवंश आचार्यले काभ्रेमै आगामी जीवन बिताउने इच्छा व्यक्त गरेका छन् ।६६ वर्षका आचार्यलाई जीवनको उत्तरार्ध काभ्रेमा बिताउने मन छ । त्यसैले उमेरले ७० वर्ष टेकेपछि आफू पुर्ख्यौली थलो काभ्रेमै बसाइ सर्ने र नागरिकता पनि त्यहीँकै बनाउने उनले बताए ।
मुटु रोग विशेषज्ञ राजेन्द्र कोजुको पुस्तक ‘मुटुको कथा’ विमोचन गर्न आयोजित समारोहमा हरिवंशले ७० कटेपछि आफू गाउँमा फर्किने सोचमा रहेको बताएका हुन् । उनको पुर्ख्यौली घर काभ्रेको धुलिखेल नगरपालिका-१२ मा पर्छ ।
‘बुवाहरू त्यहाँबाट बसाइ सरेर आएको ७० वर्ष भएछ । म पनि ७० वर्षपछि बसाइ सरेर त्यहीँ जाने सोच्दै छु । काभ्रेको मान्छे भन्दा गर्व लाग्छ । नागरिकता काठमाडौँकै छ, त्यसलाई पनि चेन्ज गरेर काभ्रेमा बस्ने जाऊँ कि त्यहाँको नागरिकता बनाऊँ कि जस्तो लाग्दै छ’ उनले भने ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया