सरोजको ‘कोशेढुंगा’मा आर्यन, सुरक्षा र प्रकाश

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’को केही दिन अगाडि घोषणा भयो ।
घुरमौलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिलालाई समावेश गर्दै फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको थियो । तर, यसको निर्माणपक्षले फिल्मका लागि को–को कलाकार हुनेछन् भनेर केही पनि खुलाएको छैन ।
तर, मेरो फिल्मलाई विशेष स्रोतले दिएको जानकारी अनुसार यो फिल्ममा दुई नायक र एक नायिका फाइनल भइसकेको वुझिएको छ ।
सरोजले नायक प्रकाश सपुतसँग फेरि सहकार्य गर्दैछन् । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’मा प्रकाश र सरोजले काम गरिसकेका छन् । यस्तै, फिल्मको मुख्य भूमिकामा नायिका सुरक्षा पन्तले काम गर्न लागेको वुझिएको छ । फिल्मका लागि नायक आर्यन सिग्देललाई पनि फाइनल गरिएको स्रोतले मेरो फिल्मलाई जानकारी दिएको छ ।
यी तिनै कलाकारहरू अहिले अन्य प्रोजेक्टमा काम गरिरहेका छन् । अहिले काम गरिरहेको प्रोजेक्ट सकेपछि यी तीन कलाकारहरूले यो फिल्मलाई समय दिनेछन् ।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मले अभाव, अग्लो सपना र संघर्षको कथा भन्छ । यो फिल्मलाई आउँदो बर्ष रिलिज गर्ने बताइएको छ । नरदेवी फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको फिल्मलाई प्रेविल कँडेल र हरि महत्तले लगानी गर्दैछन् । दिनेश खड्का फिल्मका कार्यकारी निर्माता हुन् ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया