‘लाज शरणम्’को ‘स्टार स्किम अवसर’

फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’को टिमले ‘स्टार स्किम अवसर’ अफर सार्वजनिक गरेको छ । निर्माण टिमले यो अफर अन्तर्गत फिल्मको शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको हो ।
यो प्रतिस्पर्धामा सहभागीहरूले लोक पपसँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ ।
प्रतियोगीहरुले तयार पारेका भिडियोहरू फिल्मको आधिकारिक टिकटक अकाउन्टमा अपलोड गरिनेछ । निर्माण टिमले भ्यूज र शेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरि विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने बताइएको छ ।
माघको १ गतेदेखि सुरु भएको यो प्रतियोगिता माघ १५ गते राती १२ बजेसम्म खुल्ला रहनेछ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य लगायतका कलाकारहरुको अभिनय छ ।
जेपिटी क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्ममा नवीन श्रेष्ठको लगानी छ । फिल्ममा राम नरेश शाह र श्रृजना खड्का सह–निर्माताको रुपमा छन् । सुदीप बरालको छायांकन रहेको फिल्मले मनोरञ्जनसँगै गम्भीर सन्देश दिने बताइएको छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया