चैत्र १५ मा ‘डोरी’ रिलिज हुने

केही साता अगाडि मात्र छायांकन सकिएको फिल्म ‘डोरी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्मलाई चैत्रको १५ गतेदेखि रिलिजमा ल्याउने पक्का गरिएको निर्माणपक्षले बताएको छ ।
सार्वजनिक पोस्टरमा प्रस्तुत पात्रको शक्तिशाली हाउभाउले दर्शकलाई फिल्मको कथामा समावेश विषयवस्तु महशुश हुने बुझाई निर्माताको छ । फिल्मको पोस्टरमा मुख्य कलाकार वीरेन्द्र सिंह कुशवाहाको क्रोधित अनुहार हेर्न सकिन्छ ।
अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रवीण खतिवडा, शिशिर वाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ ।
दिनेश भट्टराइको लगानी रहेको फिल्मका कार्यकारी निर्माता राज थापा हुन् । फिल्ममा राजु तामाङको एक्सन, राजनराज सिवाकोटीको संगीत, मिलन श्रेष्ठको सम्पादन छ ।

‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स

बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम

बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने

फिल्म 'पिआर' को छायाङ्कन सुरु

‘वसन्त’को ‘मिलनको कविता’

‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’

विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…

प्रतिक्रिया