‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

माघको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘जुना’को टिजर सार्वजनिक भएको छ । बाल बिबाह गर्दा छोरीले पाउने दुख र पीडाको कथामा यो फिल्म बनेको छ ।
दीपक प्रसाद घिमिरेको निर्माणमा तयार भएको यो फिल्ममा जीवन सेन्चुरीको निर्देशन छ । यो फिल्ममा अस्मिता ढकाल, कृष्ण प्रसाद धिताल, देशभक्त खनाल र रश्मि भट्टको मुख्य भूमिका छ ।
फिल्मको टिजरमा सानो उमेरमै छोरीको बिहे गर्दा उसले पाउने दुख, पीडाको कथालाई देखाइएको छ ।
यो फिल्मको थुप्रै स्थानमा च्यारेटी शो समेत भइसकेको छ । फिल्म हेरेर दर्शकहरु रुँदै निस्किएका थिए । कतिपय स्थानमा त फिल्म हेरेर दर्शकहरु अस्पताल समेत भर्ना भएको निर्माणपक्षले बताएको छ ।
रामेश्वर हुमागाँइको छायांकन रहेको यो फिल्मलाई एउटा अभियानको रुपमा अगाडि सारिएको निर्माणपक्षले बताएको छ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया