ज्योतीले हटाएको एउटा स्टाटस, जहाँ थियो एक गायिकाको घरेलु हिंसाको पीडा

गायिका ज्योती मगरले एक स्टाटस लेखेर हटाएकी छिन् । उनले, हटाएको स्टाटसमा एक गायिकाको घरेलु हिंसाको कुरा थियो । 

ज्योतीले स्टाटसमा लेखेकी थिइन्–‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले सायद आफ्नै दिदी महशुश गरिन् र उनले केही गोप्य राखेका पीडाहरु खोलिन् बरर आँसु झारिन् । उनको रक्ताम्मे अनुहार आँखा मुखभरी नीलडाम घाउ चोटको फोटो देखाउँदै भनिन्, अरु कसैलाई नभन्नु होला दिदी यस्तो सम्म भोगे मैले । उनलाई मैले बलियो भएर मुभ अन गर त भने तर मेरो मन अत्ती नै भारी हुँदैछ । आफैले केही बर्ष अगाडि भोगेको पीडा फेरि दुख्दैछ । साँच्चिकै उनको पीडा त मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आम महिलाहरूको हालत के होला ? यत्ति भन्छु प्लिज, जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहियो भने मात्रै उनको अनुमतिमा नाम मेन्सेन गर्छु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’

ज्योतीले गायिकाको नाम खुलाएकी छैनन् । तर, उनले चर्को घरेलु हिंसा भोगेको उल्लेख गरेकी छिन् । ज्योतीले आखिर यो स्टाटस किन हटाइन् ? यो भने सोचनीय बिषय बनेको छ ।