पल र दुर्गेशले कहिलेसम्म दिइरहन्छन् सम्बन्धको स्पष्टिकरण ?

नायक पल शाह र गायक तथा मोडल दुर्गेश थापा केही बर्ष अगाडि निकै नजिकका साथी थिए । पलकी बहिनीसँग दुर्गेशले भाइटीका समेत लगाएका थिए । यी दुईले केही गीतको भिडियोमा एकसाथ अभिनय पनि गरे ।
तर, पलको जीवनमा घटेको एक घटनाले उनीहरुको जिन्दगीमा नै नयाँ मोड ल्याइदियो । अहिले यी दुइको दुश्मनीको चर्चा धेरै छ । यतिसम्म कि, दुर्गेशले सार्वजनिक गरेको ‘दुस्मन छन् धेरै’ बोलको गीत पललाई लक्षित गरेर ल्याइएको हो भन्ने चर्चा समेत छ ।
यसैले, पनि अहिले पल र दुर्गेशबिच प्रतिस्पर्धा छ । महोत्सवमा दुर्गेश र पलबीच कसले उत्कृष्ट प्रस्तुति दिने भन्ने प्रतिस्पर्धा छ । गीतसंगीतदेखि फिल्ममा पनि उनीहरुबिच प्रतिस्पर्धा नै चलिरहेको छ ।
मिडियामा पनि यी दुइको सम्बन्धको बिषयमा सोध्ने प्रतिस्पर्धा नै चलेको छ । पलले यही साता लगातार दुई वटा गीतको सेलिव्रेशन गरे । दुवै कार्यक्रममा पललाई दुर्गेशसँगको सम्बन्धको प्रश्नले नै हैरान बनायो । पलले दुबैलाई मिल्ने गीत आएको खण्डमा सहकार्य गर्ने जवाफ दिए ।
यता, आइतबार एक फिल्मको गीत रिलिज कार्यक्रममा पुगेका गायक दुर्गेश थापालाई पनि पत्रकारले पलसँगको सम्बन्ध र सहकार्यकै प्रश्न गरे । दुर्गेशले पनि पलको जस्तै जवाफ दिए । उनले, यो फिल्म क्षेत्र सानो भएकाले कुनै न कुनै ठाउँमा गएर ठोक्किनु पर्ने जवाफ दिए । दुबैलाई सुहाउने गीत आएको खण्डमा सहकार्य गर्न आफू तयार रहेको उनको भनाई छ ।
दुर्गेश र पल अहिले मिडियाको अगाडि पुग्ने वित्तिकै यी दुईलाई एक अर्कासँगको बिषयमा नै प्रश्न सोध्ने गरिन्छ । फेरि, दुबै यो प्रश्न न आइदिए हुन्थ्यो भन्ने सोचमा देखिन्छन् । तर, एकसाथ सहकार्य नगरेसम्म यी दुईलाई सम्बन्ध र सहकार्यको प्रश्नले नछाड्ने देखिएको छ ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया