भुवन केसीको घरको बाटो हिडेर महानायक बनिदैनः प्रदीप खड्का

नायक प्रदीप खड्काको सम्बन्ध नायक भुवन केसीसँग कहिले पनि राम्रो बनेन । सार्वजनिक कार्यक्रममा उनीहरुबिच अंकमाल त हुन्छ । उनीहरू, एक अर्कासँग गफिन्छन् पनि ।
तर, प्रदीपले बेलाबखत भुवन केसी र उनका छोरा अनमोल केसीलाई लक्षित गरेर प्रतिक्रिया दिइरहेका हुन्छन् । जसकाकारण, केसी परिवार र खड्काको सम्बन्ध राम्रो छैन ।
हालै मात्र कमेडियन सुमन कार्कीको एउटा शोमा पुगेका प्रदीपले दिएको अभिव्यक्ति फेरि चर्चामा छ । मजाक मजाकमा उनले भुवन केसीलाई व्यङ्ग्य गरेका छन् ।
शोमा सुमनले नायक राजेश हमालको भूमिका निर्वाह गर्दै अन्तरवार्ता लिएका छन् । जहाँ, उनले प्रदीप र आफ्नो एउटा बानी मिल्ने बताएका छन् । प्रदीपले के बानी भनेर सोध्दा हमाल बनेका सुमन भन्छन्–‘तपाई र मलाई भुवन केसीको घर अगाडिको बाटो हिँड्न मन पर्दैन ।’
सुमनको यो जवाफमा प्रदीप मुस्कुराउँछन् । तर, उनी मौन बस्न सक्दैनन् । उनी बोल्छन्–‘त्यो बाटो हिँडेर ‘महानायक’ बनिन्छ जस्तो लाग्दैन ।’
प्रदीपले मजाक मजाकमै भुवन केसीसँग फेरि मनमुटावको सुरुवात गरेका छन् । अब, यसको जवाफ भुवनले कसरी दिने हुन् हेर्न बाँकी छ ।
तर, प्रदीप खड्काले अर्कोतिर फिल्म क्षेत्रमा आफू लामो रेशको घोडा बन्न आएको संकेत पनि गरेका छन् । प्रदीप अभिनित फिल्म ‘एक्टर’ माघको १६ गतेबाट रिलिजमा आउँदैछ । उनी, अहिले यही फिल्मको प्रचारमा छन् ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया