अल्लु अर्जुनलाई जमानतमा छुट

गत ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा भएको भाग दौड मामिलामा अल्लु अर्जुनलाई राहत मिलेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको भए पनि पछि धरौटीमा रिहा भए । अहिले भने उनले जमानतमा छुट पाएका छन् ।
अल्लु गत डिसेम्बर १३ मा पक्राउ परेका थिए । उनी त्यसको भोलिपल्ट १४ डिसेम्बरमा उनी धरौटीमा रिहा भए । जमानतको सर्त अनुसार उनले हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुनुपर्ने थियो । साथै उनलाई विदेश जान पनि अनुमति दिइएको थिएन ।
तर, अहिले हैदराबादको नामपल्ली अदालतबाट जमानतका सर्तहरू खुकुलो पारिएको छ। उनी अब विदेश यात्रा गर्न सक्ने छन् र हरेक हप्ता हाजिरी पनि लगाउनु पर्ने छैन। आइतबार हाजिर हुनुअघि अल्लु अर्जुनको कानुनी टोलीले सर्तमा छुट दिन अदालतलाई अनुरोध गरेको थियो, जसलाई अदालतले आज स्वीकृत गरेको हो ।
चलचित्र ‘पुष्पा: द रुल’ डिसेम्बर ५ मा रिलिज भएको थियो । फिल्म रिलिज हुनुअघि हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियर भएको थियो। अल्लु अर्जुन प्रिमियरको क्रममा फ्यानहरूलाई सर्प्राइज दिन त्यहाँ पुगे। अल्लुलाई हेर्न यति धेरै भीड जम्मा भयो कि भाग दौड नै मच्चियो । भीड अनियन्त्रित भएपछि धेरैलाई सास फेर्न समस्या हुन थालेको थियो भने धेरै बेहोस समेत भएका थिए । यसैबिच रेवती नामकी एक महिलाको मृत्यु भएको र उनका छोरा श्रेतेज गम्भीर घाइते भएका थिए ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया