छोराका लागि चुरोट छोड्ने आमिर

बलिउड अभिनेता आमिर खानले चुरोट छोड्ने निर्णय गरेका छन् । आमिरले आफ्ना छोरा जुनैद खानको फिल्म लवयापाको ट्रेलर लन्चको अवसरमा यस्तो बताएका हुन् ।
आमिरले भने, ‘मैले चुरोट पिउन छोडेको छु । मलाई धूम्रपान गर्न मन पर्छ, मलाई धेरै रमाइलो लाग्छ। धेरै वर्षदेखि चुरोट पिएँ, त्यसपछि पाइपबाट चुरोट पिउन थाले । तम्बाकू मलाई रमाइलो लाग्ने चीज हो। तर यो स्वास्थ्यका लागि राम्रो होइन । कसैले धूम्रपान गर्नु हुँदैन। यो राम्रो बानी होइन। म खुसी छु, मैले यो नराम्रो बानी त्यागेको छु।’
आमिरले भने, ‘म धूम्रपान छाड्दा निकै खुसी छु । आज म मेरो कुरा हेर्ने र सुन्नेहरूलाई पनि चुरोट छोड्न भन्न चाहन्छु । यो निर्णय मेरो लागि टर्निङ प्वाइन्ट भएको छ किनभने मैले यो मेरो छोरा जुनैदको लागि लिएको छु। मैले मनमा एउटा इच्छा राखेको थिएँ। तर अहिले जुनैदको फिल्म चलोस् वा नचलोस्, बुवा भएर म आफ्नो तर्फबाट चुरोट छोड्दैछु ।
फिल्म लवयापाको कुरा गर्दा, जुनैदसँग खुसी कपूर मुख्य भूमिकामा छिन् । जुनैदले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म महाराजबाट स्क्रिन डेब्यू गरेका थिए भने उनको पहिलो फिल्म लवयापा फेब्रुअरी ७ मा हलमा रिलिज हुँदै छ। फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका हुन् । निर्देशक अद्वैत चन्दनले आमिरको फिल्म लाल सिंह चड्डा पनि बनाएका थिए ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया