‘विवादका राजा’ भन्दा खुशी भएका हुन् प्रकाश ?

उसो त, नेपाली फिल्म क्षेत्रमा विवाद झनै निस्कन्छ । कतिपय अवस्थामा त विवाद निकालिन्छ पनि । अझ, आफ्नो फिल्म चलाउनका लागि विवाद श्रृजना पनि गरिन्छ । यसैले, मनोरञ्जन क्षेत्रलाई ‘कन्टोभर्सी’को क्षेत्र पनि भनिन्छ ।
तर, गीतसंगीतमा पनि विवाद रुचाउने गायक हुन् प्रकाश सपुत । आफ्नो गीत चलाउनका लागि कुनै न कुनै विवादित दृश्य र शब्द राख्न उनी माहिर छन् ।
हुँदाहुँदा सपुतले फिल्मको समयमा पनि विवाद निम्त्याए । फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ रिलिजको समयमा त प्रकाशको विवाद उत्कर्षमा पुग्यो । पछि फिल्म चलेपछि सपुत हल–हलमा पुगे र निर्मातासँग विवाद नभएको उदाहरण पेश गर्न खोजे ।
उनै, सपुतको नयाँ फिल्म ‘बसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ शनिबार सार्वजनिक भएको छ । यो गीतमा पनि केही विवादस्पद शब्द उनले प्रयोग गरेका छन् ।
यही शब्दलाई लिएर सपुतलाई पत्रकारले प्रश्न सोधे–‘तपाइलाई त विवादको राजा नै भनिन्छ । फेरि, यस्ता शब्द प्रयोग गरेर विवाद निम्त्याउने खोज्नुभएको हो ?’
यसमा सपुतको जवाफ थियो–‘आज पृथ्वीनारायण शाह पनि माथि बसेर खुशी हुनुहुन्छ । नेपालमा अझै कोही न कोही राजा रहेछन् भनेर ।’ सपुतले आफूलाई यो ट्याग दिएकोमा आपत्ति जनाएनन् । कही कतै उनी खुशी भए जस्तो पनि देखियो ।
गीतसंगीत वा फिल्म चलाउनका लागि सपुत माहिर मानिन्छन् । उनको फिल्म क्षेत्रमा डिमाण्ड पनि उच्च छ । तर, उनी विवादको राजा भन्दा खुशी नै देखिएका छन् ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया