घाइते भएपछि रोकिए रश्मिकाका फिल्म

भारतीय अभिनेत्री रश्मिका मन्दाना शुक्रवारबाट ‘सिकन्दर’ फिल्मको अन्तिम छायाङ्कनमा जुटेकी थिइन् । आयुष्मान खुरानासँगको फिल्म ‘थामा’को छायाङ्कन समेत थालेकी थिइन् ।
तर चोटको कारण उनका सबै फिल्मको छायाङ्कन तत्काललाई रोकिएको छ । जिममा चोट लागेपछि रश्मिकाका सबै फिल्मको छायाङ्कन तत्काललाई रोकिएको पिंकभिल्लाले उल्लेख गरेको छ ।
उनलाई व्यस्त तालिका पुनः थाल्नुअघि पूर्ण रूपमा सन्चो हुन छोटो ब्रेक लिन सल्लाह दिइएको छ । उनको अवस्था सामान्य रहेको र चाँडै सेटमा फर्किनेमा आशा गर्न सकिने जनाइएको छ ।
यसअघि मिड डेमा प्रकाशित रिपोर्टअनुसार सलमान खान र रश्मिकाले जनवरी १० मा मुम्बईमा सिकन्दरको अन्तिम चरणको छायाङ्कन सुरु गर्ने तयारी गरेका थिए । यो फिल्म आउँदो मार्चमा रिलिज तयारीमा छ ।
अहिलेसम्मकै धेरै कमाउने भारतीय फिल्म बनेको ‘पुष्पा २’ पछि रश्मिका यति बेला पुनः लाइमलाइटमा छिन् ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया