के बलिउडको क्रिसमस क्रेज सकिएको हो ?

कुनै समय क्रिसमसमा बलिउडका फिल्महरूले बक्स अफिसमा आगो बाल्थे । बलिउडका फिल्महरूले क्रिसमसमा रिलिज गर्नका लागि निर्माताहरूमा पनि हानथाप नै हुन्थ्यो ।
तर, अहिले बलिउडको क्रेज बदलिएको छ । बलिउडका फिल्महरूले क्रिसमसमा पनि गतिलो व्यापार गर्न छाडेका छन् ।
गतबर्षको क्रिसमसमा रिलिज भएको फिल्म ‘बेबी जोन’ बक्स अफिसमा पत्तासाफ भयो । यो फिल्मले बक्स अफिसमा ५० करोडको नेट कलेक्शन पनि गर्न सकेन । एट्ली जस्ता मेकरले बनाएको र वरुण धवन जस्ता स्टारले अभिनय गरेको यो फिल्मले बक्स अफिसमा नराम्रोसँग धक्का खायो ।
सन् २०१७ मा रिलिजमा आएको बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ पछि कुनै पनि फिल्मले क्रिसमसमा गतिलो व्यापार गर्न सकेका छैनन् ।
सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ बक्स अफिसमा असफल भयो । यस्तै, सन् २०१९ मा रिलिजमा आएको फिल्म ‘दबंग ३’ सेमिहिट भयो । सन् २०२१ मा रिलिज भएको फिल्म ‘८३’ बक्स अफिसमा असफल हुँदा सन् २०२२ मा रिलिजमा आएको फिल्म ‘सर्कस’ पनि बक्स अफिसमा असफल भयो ।
यस्तै, सन् २०२३ मा रिलिजमा आएको फिल्म ‘डंकी’ पनि बक्स अफिसमा एभरेज व्यापार गर्न सफल भयो । यसरीहेर्दा, विगत ७ बर्षदेखि बलिउडका लागि क्रिसमस सुखद बनिरहेको छैन ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया