‘ढले ढले’को केक काटेपछि ज्योतीको व्यङ्ग्य
नायक पल शाहले बिहिबार ४ करोड ७१ लाख भन्दा बढी भ्यूज पाएको ‘म त ढले ढले’ बोलको गीतको सफलता पार्टी मनाए । शान्तीरानी परियारको स्वरमा समावेश यो गीतले पछिल्लो केही महिनायता हंगामा मच्चाइरहेको छ ।
यो गीत रिलिज भएपछि विभिन्न खालका आलोचना पनि भएको थियो । तर, गीतले देश तथा विदेशका दर्शकको मन जित्यो ।
यो गीतको सेलिव्रेशनमा ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान’की अध्यक्ष रीता थापामगर पनि पुगेकी थिइन् । उनको उपस्थिति भएपछि गायिका ज्योती मगरले उनीमाथि कटाक्ष गरेकी छिन् ।
ज्योतीले सामाजिक संजालमा लेखेकी छिन्–‘मलाई विस्ताराले पोल्यो’ बोलको गीतलाई संस्कृति भड्काउने छाडा गीत भन्दै उफ्रने दोहोरी गीत प्रतिष्ठान ‘मलाई पल्ला घरे साइलाले’ गीतको सक्सेस पार्टीमा केक काट्नुलाई तपाई के भन्नुहुन्छ ? आज के साम, सो कल्ड आदर्शवादी के नाम’ । एक एक कमेन्ट प्लिज ।’
ज्योतीले ‘विस्ताराले पोल्यो’ बोलको गीतलाई छाडा देख्ने प्रतिष्ठानले ‘म त ढले ढले’ गीतको सफलतामा केक काटेको भन्दै आलोचना गरेकी हुन् ।
यो गीत सार्वजनिक भएको सुरुवातदेखि नै आलोचना भोगिरहेको छ । यसका सर्जकले बारम्बार यो गीतको शब्दलाई लिएर स्पष्टीकरण पनि दिनु परेको थियो । ज्योतीले भने प्रतिष्ठानमाथि नै व्यङ्ग्य कसेकी छिन् ।
प्रतिक्रिया