आफ्नै फिल्मको प्रिमियरमा नआउने दयाहाङ

नायक दयाहाङ राई बुधबार आयोजना भएको फिल्म ‘कार्साङ्’को प्रिमियरमा उपस्थित भएनन् । बुधबार बिहान फिल्म हेर्नका लागि दर्शकलाई एउटा भिडियो सन्देश सामाजिक संजालमा पोष्ट गरेका दया बुधबार बेलुकी भने हलमा उपस्थित भएनन् ।
उनी फिल्मको प्रिमियरमा नआउँदा फिल्मीकर्मीदेखि फिल्मको टिमका सदस्यहरू नै खुशी देखिएनन् । किनकी, फिल्मको मुख्य नायक नेपालमै रहेर पनि प्रिमियरमा उपस्थित नहुनु सुखद कुरा थिएन ।
केही महिना अगाडि फिल्म ‘रंगेली’को प्रिमियरमा हेलिकोप्टरमै भएपनि रुकुमबाट काठमाडौं आएका थिए ।
तर, यसपटक पोखरामा परिवारसँग पुगेका दयाहाङ फिल्मको प्रिमियरमा आउन आवश्यक ठानेनन् । दयाको हातमा फिल्मको अभाव छैन । उनलाई फिल्ममा लिएर काम गर्न चाहने निर्माताको संख्या लामो छ । कति त उनको समय कुरेर बसेका छन् ।
तर, दया परिवारका सदस्यसँग होलिडे मनाउन पोखरा पुगे । आफ्नै फिल्मको प्रिमियर भने वेवास्ता गरे ।
यो फिल्ममा नयाँ निर्देशक र निर्माता छन् । यम शेर्पा जस्ता नयाँ मेकरलाई दयाको साथको आवश्यकता थियो । तर, त्यो उनले राम्रोसँग पाएनन् ।
कलाकारले कि त फिल्म नै साइन नगर्नु, गरेपछि त्यसको प्रचारमा पनि समय दिन आवश्यक छ । धमाधम फिल्ममा काम गर्नु मात्र कलाकारको धर्म होइन । यसपटक, दयाहाङले नयाँ निर्माताको फिल्म भएकै कारण वेवास्ता गरेको देखिन्छ ।
फिल्म चलेको खण्डमा कलाकारलाई सबैभन्दा बढी फाइदा हुन्छ । तर, नेपालमा कलाकारहरु फिल्ममा काम गरेपछि आफ्नो जिम्मेवारी सकियो भन्ने महशुश गर्छन् । यसले, नयाँ मेकरलाई उत्साह पैदा गर्दैन ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया