डढेलोको कारण रोकिन थाले हलिउड प्रिमियर र अवार्ड

अमेरिकाको पश्चिमी तटीय क्षेत्र विनाशकारी डढेलोको चपेटामा छ । क्यालिफोर्निया राज्यको लस एन्जलसमा फैलिएको डढेलो अनियन्त्रित हुँदा दशौं हजार प्रभावित बनेको हलिउड सञ्चारमाध्यमले जनाएका छन् ।
लस एन्जल जसलाई हलिउडको घर समेत भनिन्छ,को प्यासिफिक प्यालिसेड्समा लागेको आगो र तीव्र हावाले डढेलो नियन्त्रण गर्न कठिन भएपछि हलिउडमा आयोजना गरिएका प्रिमियर र अवार्ड समारोह रद्द गरिएका छन् ।
अमेजन एमजीएम स्टुडियो र युनिभर्सल स्टुडियोले आयोजना गरेका ‘अनस्टपेबल’ र ‘वल्फ म्यान’को पूर्वनिर्धारित प्रिमियर समारोह स्थगित गरेको जनाएका छन् । प्यारामाउन्ट र म्याक्सले बुधवार गर्ने भनेका ‘बेटर म्यान’ र ‘द पिट’का प्रिमियर रद्द गरेका छन् ।
‘लस एन्जलसलाई असर गर्ने खतरनाक अवस्थाका कारण हामी ‘बेटर म्यान’को प्रिमियर रद्द गर्दैछौं,’ प्यारामाउन्टका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘हाम्रा सद्भाव यति बेला विनाशकारी आगोबाट प्रभावित भएकाहरूसँग छ । सबैलाई सुरक्षित रहन, स्थानीय अधिकारी र सरकारी निकायबाट निर्देशन र आदेश पालना गर्न हामी प्रोत्साहित गर्दछौँ ।’
एचबीओ र म्याक्सले पनि यस्तै खाले विज्ञप्तिमा प्यालिसेड्स क्षेत्रमा फैलिएको आगोबाट सतर्क रहन भनेका छन् । उनीहरूले बुधवारका लागि गर्ने भनिएको ‘द पिट’को प्रिमियर रोकिएको उल्लेख गरेका छन् ।
नेटफ्लिक्सले पनि फिल्म ‘इमिलियन पेरेज’बारे गर्ने भनेको कार्यक्रम रद्द गरेको जनाएको छ । मङ्गलवार बिहान प्यालिसेड्स क्षेत्रको २०० एकडभन्दा ठुलो क्षेत्रमा सुक्खा झाडीमा समेत डढेलो लागेपछि वरपरका घरबाट मानिसलाई उद्धार गर्न निर्देशन दिइएको छ । यो मौसम विभागले यो साताभर सान्टा एन्ना नामक आँधी आइरहने भन्दै चेतावनी जारी गरेको छ ।
यसैबिच, दक्षिणी क्यालिफोर्निया क्षेत्रमा भीषण डढेलोको कारण लस एन्जलस प्रभावित भएपछि स्क्रिन एक्टर्स गिल्ट अवार्डले मनोनयन समारोह नै स्थगित भएको जनाएको छ ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया