जहाँ दीया प्रियंकामाथि हाबी बनिन्...

नृत्यको कुरा गर्ने हो भने नायिका प्रियंका कार्कीको चर्चा खुबै हुन्छ । उनको डान्स गर्दाको इनर्जीको सामाजिक संजालमा पनि चर्चा बढी हुने गरेको छ । प्रियंका पनि आफू डान्स नै गर्नका लागि जन्मिएको तर्क गर्छिन् ।
तर, सोमबार सार्वजनिक भएको फिल्म ‘ममी’को ‘म त यसै नक्कली’ बोलको गीतको भिडियो हेर्दा प्रियंका फिक्का देखिएकी छिन् । बरु, उनको अगाडि नायिका दीया मास्के हाबी छिन् ।
कार्यक्रममा दीयाले आफ्नो प्रियंकासँग कुनै पनि प्रतिस्पर्धा नभएको तर्क त गरिन् । उनले, प्रियंकाको आफ्नो शैलीको डान्स र आफ्नो शैलीको डान्स भएको बताइन् । उनले, डान्स गर्दा प्रतिस्पर्धा म्युजिकसँग हुने बताइन् ।
तर, सार्वजनिक गीतमा दीयाको इनर्जी विशेष देखिएको छ । प्रियंकाले पनि आफ्नो इनर्जी भरपूर प्रयोग त गरेकी छिन्, तर उनी केही असहज देखिएकी छिन् ।
एकसाथ दुई नायिकाले गीतमा नृत्य गर्दा कसको राम्रो भन्ने बहस हुनु स्वभाविक हो । कार्यक्रममा बोल्ड बनेर पुगेकी प्रियंकाको चर्चा खुबै भयो । अझ, छोरीसँग पुगेका कारण उनकी छोरीले लाइमलाइट बटुलिन् । तर, गीतको भिडियोमा भने दीयाले सबैलाई सरप्राइज दिएकी छिन् ।

रङ्गीकी नायिका को?

सौगात सृष्टि इन्गेजमेन्ट !

‘कमेडी दरबार’माथि बारम्बार किन आक्रोशित शोभित ?

सुलक्षण भारतीको ‘स्टन्डबाजी’, बोल्न नपाएपछि अतिथीलाई पर्खाउन मिल्छ ?

प्रेममा कुसुम !

प्रियंका ‘ममी’को प्रचार गर्दैछिन् कि नोराको गीतको ?

के राजनराजसँग गीतको स्टक सकिएको हो ?

प्रतिक्रिया