पोस्ट गरेर हटाइयो ' टक्सिक' पोस्टर

दक्षिण भारतीय सुपरस्टार यश छिटै नै ‘टक्सिक’मा देखिँदै छन् । हालै हाउस केभीएनले सामाजिक सञ्जालमा टक्सिक फिल्मको पोस्टर पोस्ट गरेको थियो । तर केही समयमै उक्त पोस्ट हटाइयो । तर पोस्ट हट्नु अघि नै फ्यानहरूले स्क्रिनसट लिएका थिए । अहिले पोस्टरको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छन् ।
मिडिया रिपोर्टका अनुसार टक्सिकका निर्माताहरूले यशको जन्मदिन अर्थात् जनवरी ८ मा फिल्मको प्रोमो जारी गर्न सक्नेछन् । मेकरहरूले यशको जन्मदिनमा फिल्मको फर्स्ट लुक पोस्टर पनि सार्वजनिक गर्न सक्ने बताइएको छ । प्रोडक्सन हाउसले पोस्ट गर्ने बित्तिकै तुरुन्तै अपडेट मेटाएपछि यसको चर्चा अझ बढेको छ ।
टक्सिकमा कियारा आडवाणी, नयन तारा, हुमा कुरैशी र तारा सुतारियाजस्ता अभिनेत्री पनि देखिनेछन् । हाई ओक्टेन ग्याङ्स्टर ड्रामा फिल्म टक्सिक बृहत् स्तरमा बनिरहेको बताइएको छ । मेकरहरूले यस अघि नै प्रि–लुक पोस्टर जारी गरेका थिए । पोस्टरमा यशलाई भिन्टेज कारको पछाडि धमिलो प्रकाशमा उभिएको देखाइएको छ । उक्त पोस्टरमा स्पष्टसँग यशको जन्म दिन अर्थात् जनवरी ८ मा फिल्मको फर्स्ट लुक रिलिज हुने भनेर देखिएको थियो ।
यसमा ठ्याक्कै समय अर्थात् बिहान १०ः२५ बजे रिलिज हुने भनेर पनि लेखिएको छ । गीतु मोहनदासको निर्देशनमा बन्न लागेको यो फिल्म यही वर्षको अन्त्यतिर हलमा आउने अपेक्षा गरिएको छ ।

होशियार, पीभीआरकै जस्तै जरिवाना नेपालका हलले पनि तिर्नुपर्ला है

काठमाडौँमा जगपति बाबु

महिला फ्यानको ओठमा चुम्बन गरेपछि उदितको चर्को आलोचना

‘स्काई फोर्स’ चल्दा अक्षयलाई राहत

तामिल फिल्म नखेल्ने सामन्था !

ओस्कार नोमिनेसनमा परिन् ट्रान्सजेन्डर कार्ला

सारेगामापाको विजेता बनिन् श्रद्धा

प्रतिक्रिया