‘ममी’को ‘म त यसै नक्कली’ गीतमा प्रियंका र दीयाको बुलन्द डान्स
माघको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक भएको केही समयपछि यो टिजर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ‘म त यसै नक्कली’ बोलको गीतमा समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द, एसडी योगीको संगीत छ ।
यो गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरू प्रियंका कार्की र दीया मास्केको बुलन्द डान्स हेर्न सकिन्छ ।
फिल्ममा सुलक्षण भारती, समिप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, घनश्याम जोशी लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा पूर्णिमा जोशी र समर निरौलाको लेखन, समर निरौलाको निर्देशन छ । लोकराज जोशी, पूर्णिमा जोशीको लगानी रहेको फिल्ममा सुमन कोइराला कार्यकारी निर्माताको रुपमा छन् ।
फिल्ममा निशाल पौडेल र शरद महत्तोको छायांकन, सुरेन महर्जनको सम्पादन छ ।
प्रतिक्रिया