जहाज छुट्दा आक्रोशित रीमा
चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा गोल्डेन नेपाली फिल्म अवार्डका लागि अमेरिकामा थिइन् । कलाकारको टोली सहित त्यता लागेकी उनी आइतबार न्यु योर्क हुँदै एयर इन्डियाको फ्लाइटबाट दिल्ली फर्किँदै थिइन् ।
तर, दिल्ली आइपुगेपछि उनले नेपाल आउने कनेक्टिङ फ्लाइट गुमाउनुपर्यो । जहाज छुटेपछि उनले सामाजिक सञ्जालबाट यसबारे जानकारी दिँदै आक्रोश पोखेकी छिन् । यसलाई उनले एयर इन्डियामा आफूले भोगेको सबैभन्दा खराब अनुभव बताएकी छन् ।
उनी लेख्छिन्, ‘एयर इन्डियासँग उडानको सबैभन्दा खराब अनुभव । न्यूयोर्कबाट दिल्लीको उडानमा थिएँ । उडानमा ढिलाइका कारण मैले कनेक्टिङ जडान छुटाउन पुगेँ । म केही घण्टादेखि ट्रान्सफर डेस्कअघि उभिरहेकी छु । तर त्यहाँ कुनै स्पष्ट संचार वा सहायता प्रदान गरिएको छैन । यो समस्यालाई सुल्झाउनुको सट्टा डेस्कका कर्मचारीहरू अव्यवसायतक मात्र होइन, असभ्य पनि देखिएका छन् । ढिलो उडान, कमजोर ग्राहक सेवा । जहाजभित्रको खानेकुरा पनि पचाउन नसकिने थियो ।’
उनले यो गुनासो दिल्ली विमानस्थल र एयर इन्डियालाई मेन्सन पनि गरेकी छन् ।
प्रतिक्रिया