फागुन र चैत्रमा मात्र १५ फिल्म रिलिज हुँदै
अधिकांश निर्माताहरू अर्को बर्ष नै आउँदैन जसरी फिल्मको रिलिज मिति तोकिरहेका छन् । मंसिर र पौषमा केही सुस्ताएका नेपाली फिल्मका मेकरहरु माघदेखि सक्रिय हुनेछन् । तर, यो सक्रियता फागुन र चैत्रमा भने आक्रामक नै हुने देखिएको छ ।
फागुन र चैत्रमा रिलिज हुन लागेका फिल्मको सूची हेर्ने हो भने लामो छ । फागुनमा पर्ने शिवरात्री, फागु पूर्णिमा र चैत्रमा पर्ने चैते दशैं, नयाँ बर्षको छेकोका कारण फिल्म रिलिजको ताती लागेको छ ।
फागुन र चैत्रमा मात्र १५ बढी फिल्म रिलिजको लाइनमा छन् । फागुनमा त ९ वटा फिल्म रिलिज हुने पक्का भइसकेको छ ।
फागुनको २ गते ‘दुखी आत्मा, रंगी र ताण्डवम्’ रिलिज हुँदैछन् । फागुनको ९ गते अहिलेसम्म कुनै पनि फिल्म छैन । फागुनको १४ गते शिवरात्रिको अवसर पारेर ‘मायाबी, फेरि रेशम फिलिली र लाज शरणम्’को रिलिज मिति पक्का गरिएको छ ।
१२ दिनको अन्तरमा नै ६ वटा फिल्म हलमा लाग्दैछन् । फागुनको २३ गते फिल्म ‘होस्टेल ३’ रिलिज हुने पक्का भइसकेको छ । यता, फागुनको २९ गते फिल्म ‘एन्जिला र आउटल : दफा २१९’को रिलिज मिति पक्का गरिएको छ । यसरीहेर्दा, फागुनमा ९ वटा फिल्म रिलिज पक्का छ ।
चैत्रको १ गते फिल्म ‘राजागंज’ रिलिजमा आउँदैछ । यसको एक सातापछि फिल्म ‘द्रौपदी र ११ः५५’ रिलिज हुने पक्का भएको छ । यसको एक सातापछि सलमान खानको फिल्म ‘सिकन्दर’ रिलिज हुने भएकाले कुनै पनि नेपाली फिल्म रिलिजको सेड्यूल तय गरिएको छैन ।
तर, चैत्रको २२ गते फिल्म ‘बसन्त’ रिलिजमा आउँदैछ । यसको एक सातापछि नयाँ बर्षको छेको पारेर ३ फिल्म ‘पिताम्बर, नरसिंहाः अवतार र कर्मा’ रिलिजको सेड्यूल छ । यसरीहेर्दा चैत्रमा ७ वटा फिल्म रिलिज हुने देखिएको छ ।
दर्शकले एउटा फिल्म हेर्नका लागि कम्तीमा ५ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यसरीहेर्दा, नेपाली फिल्मका लागि मात्र दर्शकले २ महिनामा ७ हजार ५ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया