तुलसी घिमिरेको फिल्मबाट छोरीको डेब्यु, बाहिरिइन वर्षा

फिल्म "पहाड" बाट निर्देशक तुलसी घिमिरेकी छोरी पञ्चमीले डेब्यु गर्ने भएकी छन् । उनले यश अघि "दर्पण छाया २" फिल्ममा सहायक निर्देशकको रूपमा काम गरेकी थिइन । साथै मुम्बईमा बसेर उनले फिल्म तथा विज्ञापनमा  कृएटिभ निर्देशकको रूपमा काम गरिरहेकी छन् । 

यो फिल्ममा वर्षा राउत हुने चर्चा थियो । तर अब उनी नहुने पक्का भएको छ । तर वर्षालाई पञ्चमीले रिप्लेस भने नगरेको स्रोतको दाबी छ । र वर्षाको स्थानमा अर्की नायिका राख्ने भए पनि को हुने भन्ने चाहिँ पक्का भएको छैन । 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनिल थापा, विपिन कार्की लगायतका कलाकारहरू यसअघि अनुबन्धित भइसकेका छन्। घिमिरेको निर्देशन रहने फिल्म माघ पहिलो साताबाट फ्लोरमा जाँदै छ ।