रूपक र अनिशले ल्याए ‘तिमी छौ र पो म छु’
गायक रूपक डोटेल र अनीश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र सङ्गीत गायक पाण्डेकै रहेको गीतको सङ्गीत संयोजन सञ्जीव बराइलीले गरेका हुन् । गीत स्ट्यानवेल स्टुडियो लन्डनमा इन्जिनियर मदन रेन म्याडीले रेकर्ड गरेका हुन् ।
गीतमा एक प्रेमीले प्रेमीकाको कारण आफ्नो मनमा उठेको भावना पोखेका छन् । भिडियोमा मोडल निशु पौडेलको अभिनय छ । पौडेलको अलवा भिडियोमा गायकद्धय पाण्डे र डोटेललाई पनि देख्न सकिन्छ । युकेका रमणीय स्थानहरूमा खिचिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियोका छायाङ्कन तथा निर्देशन सुमन श्रेष्ठले गरेका हुन् ।
लन्डन निवासी मोडल निशु फार्मेसिष्ट हुन् भने रूपक डोटेल ‘प्रसाद’ फिल्मको चर्चित ‘बनकी चरी...’ गीतका गायक हुन् । गायक पाण्डेले यसअघि अन्जु पन्त लगायत विभिन्न चर्चित गायक गायिकासँगको सहकार्यमा ‘सुस्टारी’ लगायत थुप्रै गीत ल्याइसकेका छन् ।
प्रतिक्रिया