सौगात र गरिमाले गरे ‘जन्ते बाख्रो’को शुभसाइत

नायक सौगात मल्ल र नायिका गरिमा शर्माको प्रमुख भूमिका रहने फिल्म ‘जन्ते बाख्रो’को शुभसाइत गरिएको छ । शुक्रबार यो फिल्मको कमलादीमा रहेको गणेश मन्दिरमा शुभसाइत गरिएको हो ।
फिल्मको मुहूर्त पूजामा नायक मल्ल र गरिमाको मुहूर्त सट खिचिएको हो । ग्रामीण परिवेशको कथामा निर्माण गरिने यो फिल्मको छायांकन यही पुस २० गतेदेखि सुरु हुनेछ । यो फिल्मलाई सिमोस गुरुङले निर्देशन गरेका हुन् ।
फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा सन्तोष गौतम र निर्देशक सिमोस स्वयं निर्माताका रूपमा छन् । फिल्मलाई मुईन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो ।
हरि हुँमागाईले छायांकन गर्ने यो फिल्ममा आसिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया