विपिन र मिरुनाको 'ऊनको स्वीटर'को गीत 'मखमली' रिलिज
_6FSbtdHw8q_gdkjaigivy60ml8cmarpe6ec21ljv8i2fcinyohp4nh5jxmehpvacd84s1j4_QvYsfohSTz_g79dkeqsezslxwrslsbsbfihhlifjw8ku6uk0iuvwqhto7zysj7g8vnguelj.jpg)
अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म 'ऊनको स्वीटर'को नयाँ गीत 'मखमली' सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक गीत 'कौडा/चुट्का'मा आधारित छ, जुन लोक सङ्गीतको एक विशेष र चर्चित विधा हो ।
पूर्वी नेपालको पाँचथरको संस्कृतिमा मिसाइएको यो गीतले विपिन र मिरुनाको प्रेम प्रस्तुत गरेको छ । फिल्मको छायांकन पाँचथर र नेपाल भारत सिमाना फालेलुङमा गरिएको छ ।
गीतमा सुजन चापागाईँ र सुनिता थेगिमको स्वर रहेको छ भने हर्क साउदको शब्द रचना र गायक चापागाईँकै सङ्गीत रहेको छ । यसका सङ्गीत निर्माता कोविद बज्र हुन् । दीप गुरुङले कोरियोग्राफी गरेको यस गीतको भिडियोमा अभिनेता विल्सन बिक्रम राईलाई रोचक भूमिकामा राखिएको छ ।
२०८२ सालको वैशाख २६ गते रिलिज हुने यो फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रमा राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।
नवीन चौहानले निर्देशन गरेको 'ऊनको स्वीटर' आर्टमाण्डू प्रा.लि.ले निर्माण गरेको पहिलो फिचर चलचित्र हो, जसले यसअघि थुप्रै म्युजिकल फिल्महरू निर्माण गरेर लोकप्रियता हासिल गरेको थियो । फिल्मको कथा चौहानले नै लेखेका हुन् भने लेखन सहकार्यमा सुरज कटुवाल रहेका छन् । सिनेमाटोग्राफी चिन्तन राजभण्डारीले गरेका छन् भने सम्पादन कृष्ण भण्डारीले गरेका छन् । फिल्मलाई वितरण काफिया फिल्म्स प्रा.लि. र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया