‘रंगी’को दोस्रो पोस्टरमा खुशी सलोन
आगामी फागुन २ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रंगी’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । यो फिल्मको निर्माणपक्षले शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टर रमाइलो छ ।
पोस्टरमा कलाकार सलोन बस्नेत, नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाल प्रस्तुत छन् । साइकलमा रहेका सलोनले फुडमाण्डुको ब्यागमा आयुषीलाई बोकेका छन् । सलोन र आयुषी खुशी मुद्रामा छन् । सलोनको अगाडि नायिका नम्रता लजालु भावमा उभिएकी छन् । पात्रको पृष्ठभूमिमा वसन्तपुर दरबार स्क्वायरको गल्ली देख्न सकिन्छ ।
अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मले बाबुछोरीको कथा प्रस्तुत गर्नेछ । यो फिल्मलाई निर्देशक सुरेश न्यौपानेले निर्देशन गरेका हुन् । यो उनको ‘डेब्यू’ निर्देशन हो ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । ‘मिस वल्र्ड नेपाल २०२०’ विजेता नम्रता श्रेष्ठको यो डेब्यू फिल्म हो ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण, सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन रहेको फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया